मोबाइल एप्स सेवा सञ्चालन

प्रशान्त निरौला बुधबार, पौष ०४, २०७५

 

लेटाङ, ४ पुस । घरमै बसेर पनि नगरपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी उत्तरी मोरङको लेटाङ नगरपालिकाले मोबाइल एप्स सेवा सञ्चालनमा ल्याएको छ ।

एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर लेटाङ म्युनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने लेटाङ नगरापलिकाका सूचना प्रविधि अधिकृत ओमप्रकास पौडेले जानकारी दिनुभयो ।

सो मोबाइल एप्लीकेशनको एक कार्यक्रमका बीच नगरपालिका प्रमुख शंकर राईले बुधवार विधिवत रुपमा शुभारम्भ गर्नुभयो । मेयर राईले सूचना तथा जानकारी र सेवा हेर्न सकिने गरी मोबाइल एप्स सञ्चालनमा ल्याएको बताउनुभयो ।

एप्स्बाट नगरपालिकाको सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडाका विवरण, महत्वपूर्ण स्थानको जानकारी र आपत्कालीन टेलिफोन नम्बरको जानकारी लिन सकिने बताइएको छ । यसअघि नगरपालिकाले व्यत्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई र ईहाजिरी सञ्चालनमा ल्याइएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ