विराटनगर। देशभर चिसो बढेको छ । केही स्थानको तापक्रम शून्यमै झरेको छ भने अधिकांश स्थानको न्यूनतम तापक्रम १० भन्दा कम छ ।
देशभर चिसो बढिरहँदा धरान, विराटनगर, नेपालगञ्ज र सिमरामा भने केही न्यानो छ । महाशाखाका अनुसार, धरानको अहिले बिहानको तापक्रम १५ डिग्री सेन्टिग्रेड छ । त्यस्तै दिउँसो घाम लाग्ने भएकाले अधिकतम २८ डिग्रीसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसो त नेपालगञ्ज, विराटनगर र सिमराको न्यूनतम तापक्रम केही दिनदेखि १० र अधिकतम २०–२८ को वरिपरि छ ।
काठमाडौं उपत्यकाको तापक्रम बुधबार बिहान ४ डिग्री सेन्टिग्रेड मापन भएको छ । जुम्लामा सबैभन्दा बढी चिसो छ । महाशाखाका अनुसार, जुम्लाको तापक्रम माइनस ४ डिग्रीमा छ । तापक्रम घटेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । जुम्लापछिको चिसो जोमसोममा छ । जोमसोमको तापक्रम माइनस ३ दशमलव ८ डिग्री छ । दिउँसोको समयमा अधिकतम ८ डिग्रीसम्म पुग्ने गरेको छ ।