लागूऔषध खैरो हेरोईन सहित २ पक्राउ

Letang Khabar बुधबार, मंसिर १९, २०७५

झापा, मंसिर १९ गते । झापाको मेचीनगर नगरपालिका ६ को भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको छ ।

दिउँसो साढे २ बजेको समयमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित झापा बाह्रदशी गाउँपालिका(७ बस्ने हेमन्त राजवंशी र बिर्तामोड नगरपालिका २ बस्ने बर्ष २३ को जनक सुन्दासलाई लाई पक्राउ गरेको हो ।

मे ५ प ३६३५ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको ट्याङकीमा प्लाष्टिकमा पोको पारेर सेतो टेपले बाँधेर लुकाई छिपाई राखेको अवस्थामा ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला पारि बरामद गरिएको हो ।

बरामद लागूऔषध सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ