धरान । गत भदौ महिनादेखि घरदेखि वेपता भएका धरान उपमहानगर वडा नम्बर ५ देवी गाँउ निवासी ५० वर्षिय वखत बहादुर रामदाम ( विश्वकर्मा) को शव सडेको अवस्थामा चारकोशे जंगलमा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार उनको शव धरान –१७ स्थित उदय सामुदायिक वनको परिसरमा फेला परेको हो । उनी गत भदौ १६ गते देखि घर परिवारबाट वेपात भएका थिए । प्रहरीका अनुसार शवको अवस्था धेरै पुरानो भएको छ । मृतकको शवलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।
मृत्युको कारण भने खुल्न नसकेकाले अनुसन्धान भैरहको प्रहरीले जनाएको छ ।