पानीबिनाको दमकल आगो निभाउन पुगेपछि…

Letang Khabar आइतबार, कार्तिक २५, २०७५

भगीरथ अवस्थी

२५ कार्तिक २०७५

बैतडीको पाटन नगरपालिका ४ बस्ती जोलाबाँजमा आगलागी हुँदा करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आइतबार बिहान आगो लागेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ।

 

आइतबार बिहान साढे चार बजे आगलागीबारे थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। आगलागी भएको खबर पाउने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुर्‍याएको भएपनि दमकलमा पानी नभएका कारण फेरि फर्केर पानी भरेर दमकल ल्याइएको उनले बताए।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। गाईवस्तुका लागि हिउँदमा खुवाउन जमा गरेको पराल र खर आगलागिबाट जलेर नष्ट भएको हो।

आगलागीस्थलमा पुगिसकेको दमकलमा पानी नभएका कारण समयमै आगो नियन्त्रणमा आउन नसकेकाले बढी क्षति भएको प्रहरीले जनाएको छ। दमकल पानी नहुनुले बढी क्षति भएको भन्दै स्थानीयहरुले पनि असन्तुष्टि जनाएका छन्।

‘दमकलमा पानी भएको भए धेरै क्षति हुने थिएन। केही खर र पराल जोगाउन सकिन्थ्यो। बिहान चालकलाई हामीले नै बोलाएर ल्याएका हौं’, प्रहरी निरीक्षक सिंहले भने, ‘दमकलमा पानी नभएको कुरा घटनास्थल पुगेर मात्रै थाहा भयो। पछि फर्केर जाँदा पानी लिएर आउँदा ढिलो भयो।’

दमकलका चालक विनोद केसीले भने दमकलको पम्पले पानी नफालेका कारण समस्या भएको दावी गरे। पम्पले पानी नफालेपछि पुनः खोलाबाट पानी थपेर आगो निभाएको उनले बताए।अन्नपूर्णमा समाचार छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ