कुनै कुरा लामो समयको लागि मानसपटलमा राख्नु परेमा सबैभन्दा पहिले त्यसलाई दीर्घकालीन स्मृतिमा राख्न जरुरी छ । जबरजस्ती सम्झन खोज्दा दिमागले राम्ररी काम नगर्न सक्छ । धेरैजसो कुरा हामी स्मरण गर्न सकिरहेका हुँदैनौ । अझ उमेर बढ्दै गएपछि भुल्ने बानी हुन्छ । यसले हामी आफैलाई दिक्क लाग्छ । आफ्नो कमजोर स्मरणशक्तिप्रति दुख लाग्छ ।
आँखाले देखेको, कानले सुनेको सबै कुरा स्मरण गर्नैपर्छ भन्ने छैन । र, यो संभव पनि छैन । यद्यपी कतिपय कुरा, जो हामीले सम्झनैपर्ने हुन्छ । त्यस्ता कुरा पनि स्मरण गर्न नसक्नु हाम्रो कमजोरी हो । यसलाई स्मरणशक्तिमा ह्रास आएको भनिन्छ । सम्झनैपर्ने वा स्मरणमा राख्नपर्ने कुरालाई कसरी नबिर्सने त ? यसका लागि केहि काइदा छ । जर्मन साइकोलाजिस्ट हर्मन इविन्गहसले स्मरणसँग सम्बन्धित केही यस्ता उपाय बताएका छन्, जसले विश्वव्यापी रुपमा मान्यता पाएको छ ।
त्यसको लागि सबैभन्दा पहिले हामीले पढेका कुरा किन विर्सन्छौ, त्यसबारे जान्न आवश्यक छ ।
पढेका कुरा किन विर्सन्छौ ?
सामान्यतयाः हाम्रो मस्तिष्कले पढे लगत्तै पढेका सबै कुरालाई शतप्रतिशत दिमागमा भण्डारण गर्छ । तर त्यसको एक घण्टा नवित्दै हाम्रो दिमागमा भण्डारण भएका जानकारी ४४ प्रतिशतमा घट्छ ।
यस अर्थमा हाम्रो मस्तिष्कले त्यसमा भण्डारण हुने अनावश्यक जानकारीबाट बचाव गर्छ । जसको कारण हामीमा सञ्चित हुने जानकारी अल्पकालीन स्मृतिमा जम्मा हुन्छ । परिणाम स्वरुप, उक्त कुरालाई पटकपटक स्मरण नगरेको अवस्थामा ती कुुरा मस्तिष्कबाट स्वतः हटेर जान्छ ।
इविङ्गहसका अनुसार हामीले कुनै कुरा पढेलगत्तै हाम्रो मस्तिष्कमा उक्त कुरा शतप्रतिशत भण्डारण हुन्छ । उक्त कुरा करिब २० मिनेट पछि ६० प्रतिशतमा झरेर जान्छ । एक घण्टापछि ४० प्रतिशत, एक दिन पछि ३० प्रतिशत एक हप्ता पश्चात्त २० प्रतिशतमा सिमित भएर जान्छ ।
त्यसो भए सबैकुरा स्मरण गर्ने कसरी ?
– कुनै कुरा तुरुन्तै सम्झन परेमा
– पहिलो पटक दोहोर्याउने पढे लगत्तै
– दोश्रो पटक दोहोर्याउने करिब १५-२० मिनेट पश्चात्त
– तेश्रो पटक ६-८ घण्टा पश्चात्त
– चौथो पटक २४ घण्टा
लामो समयसम्म सम्झने उपाय
– पहिलो पटक दोहोर्याउने पढे लगत्तै
– दोश्रो पटक दोहोर्याउने करिब २०-३० मिनेट पश्चात्त
– तेश्रो पटक एक दिन पश्चात्त
– चौथो पटक २-३ हप्ता पश्चात्त
– पाचौ पटक २-३ महिना पश्चात्त
मस्तिष्कले कुनै पनि कुरा तुरुन्त सम्झन सक्दैन । त्यसैले यदी तपाई कुनै कुरा लामो अवधीको लागि सम्झन चाहनुहुन्छ भने आफ्नो मस्तिष्कलाई केही समय दिन जरुरी छ । चाहे त्यो एक दिन हेस्, चाहे एक हप्ता ।
कुनै कुरा स्मरणमा राख्ने सजिलो उपाय
१. बुझेर पढ्ने: जो मान्छेल बुझेर पढ्छ, उसले सो कुरालाई नौ गुणा छिटो आˆनो मानसपटलमा राख्छ ।
२. अत्यावश्यक कुरा पढ्ने : यसको लागि व्यक्तिलाई कुन कुरा बढी महत्वपूर्ण छ, त्यसबारे थाहा पाउन जरुरी छ ।
३. मानिसले बुदाँको माथि लेखिएको तथा अन्तिम बुदा सबैभन्दा बढी सम्झने गर्छ, यस कुरालाई ध्यानमा राख्नुहोस् ।
४. एउटा विषय पश्चात्त मात्र अर्को विषयमा प्रवेश गर्ने: एकैपटक धेरै विषय अध्ययन गर्दा कुराहरु मिसिन जान्छ ।
५. उल्टो कुरा सम्झने : मानिसले सकारात्मक भन्दा नकारात्मक कुरा चाडै सिक्ने हुदाँ यसले कुनै पनि कुरा सजिलै सम्झन मद्दत गर्छ । जस्तै, दिन र रात ।
६. मस्तिष्कमा चित्र कोर्ने प्रयास गर्ने : सुनेका भन्दा देखेका कुरा हाम्रो मानसपटलमा बसिरहन्छ । त्यसैले, कुनै पनि विषय पढ्दा होस्, वा सम्झदा त्यसको चित्र मस्तिष्कमा कोर्ने प्रयास गर्नुपर्छ । यो विधिले कुनै पनि कुरा छिटै सम्झन सहयोग गर्छ तथा सम्झेका कुरा धेरै दिनसम्म स्मरण गर्न मद्दत पुर्याउँछ ।
७. नयाँ कुरासित जोड्ने : कुनै नयाँ भाष सिक्दै हुनुहुन्छ भने तपाई त्यसलाई आफूले जानेको शव्दसित जोड्न सकिन्छ । यसले तपाईलाई उक्त शव्दबारे याद गराउन मद्दत गर्छ ।
८. कहानी बनाउने : यदी कसैलाई कुनै जानकारी याद गर्नुछ भने त्यसमा प्रयोग हुने शव्दलाई मिलाएर पनि एउटा कहानी बनाउन सकिन्छ । जसले तपाईलाई उक्त कुराबारे पछि सम्म यनद गर्न मद्दत गर्छ ।
९. टेप रेकर्डर : कुनै कुरा टेप रेकर्डरमा रेकर्ड गर्ने । अनि त्यसलाई फुर्सदको समयमा सुन्ने । यसले तपाईलाई कुराहरु सम्झन सहयोग गर्छ ।
१०. दृश्यांकन गर्ने : कयौ कुराहरु यतिकै सम्झन गार्हो हुन्छ । शरीरीक हाउभाउ तथा औलाहरुको प्रयोगले पनि त्यस्ता कुरा सम्झन मद्दत गर्छ ।
मान्छे तनाबमुक्त हुन सक्दैन । तर, तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नबाट जोगिन सकिन्छ ।
स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन् ।
बढी टेलिभिजन हेर्दा-
दिनको २,३ घण्टा भन्दा बढी टेलिभिजन हेर्नु पनि दिमागका लागि हानिकारक मान्छि । किनभने टेलिभिजन अत्याधिक हेर्दा सम्पूर्ण स्वास्थ्यलाई पार्ने नकरात्मक असर दिमागसम्म पुग्छन् ।
बढी भिडियो गेम खेल्नाले –
आजकल केटाकेटीहरुमा भिडियो गेम खेल्ने चलन निकै बढेको छ । भिडियो गेम खेल्दा त्यसैको लत लाग्छ । जसले दिमागको चौतर्फी विकासमा अवरोध पु¥याउँछ । नकरात्मक दिमाग बनाएर अपराधिक क्रियााकलापमा लाग्न सक्ने समेत अध्ययनहरुले देखाएका छन् ।
पानी कम पिउनाले-
हाम्रो शरीरमा करिव ७० प्रतिशत पानीको मात्रा छ । मस्तिष्कमा त पानीको प्रतिशत करिब ८० प्रतिशत छ । दिनमा करिब तीन लिटर पानी शरीरको लागि आवश्यक पर्छ । शरीरमा पानीको मात्रा कम हुँदा दिमागको काममा समेत बाधा पुग्छ ।
व्यायमको कमी-
व्यायामले शरीर तथा मस्तिष्कमा रक्त संचार राम्रो गराउँछ । व्यायम नगर्नेमा मानसिक तनावको मात्रा बढी हुन्छ । जसले गर्दा स्मरण शक्तिलाई कमजोर पार्छ । नियमित रूपमा एक्सरसाइज गर्नुहोस् । यसले तपाईको दिमागको साथै शरीरमा रक्त प्रवाह सन्तुलित ढंगले हुन्छ । मेडिटेशन, गहिरो श्वासप्रश्वास जस्ता यौगिक क्रियाकलाप गर्नुहोस् । यसले स्मरणशक्ति बढाउँछ ।
नकारात्मक सोचाइ-
नकारात्मक सोचाई राख्नाले तनावका हर्मोन पैदा हुन्छन् । जसले दिमागलाई सिधा असर गर्छन् र स्मरण शक्ति कमजोर हुन्छ ।
राम्रोसँग नसुत्नु-
करिव ६ देखि ७ घण्टा नियमित निदाउँदा शरीरलाई पूर्ण आराम मिल्छ । शरीरको रिपेयर र मेन्टिनेन्सका लागि निदाउनु जरुरी हुन्छ । निद्रा पुगेन भने पनि शरीरमा केही रसायनहरु सिर्जना हुन्छन् । जसले बढी भोक जगाउने, गुलियो बढी खान मन लाग्ने र मोटाउन सम्भावना त हुन्छ नै स्मरणशक्तिमा समेत असर गर्छ । नियमित रूपमा सुत्नुपर्दछ, जसले हाम्रो दिमाग शान्त रहन्छ र स्मरणशक्ति बढ्छ । हाम्रो दिमागको प्रयोग गर्दा दिमाग थाक्छ । यसकारण ७(८ घण्टाको प्रयाप्त निन्द्रा लिनुहोस् । यसले दिमागलाई ताजा बनाईराख्छ ।
धुम्रपानको प्रयोग-
सुर्तीमा निकोटिन लगायत अन्य धेरै तत्वहरु हुन्छन् । यसको प्रयोगले रक्त संचारमा बाधा पु¥याउछ र शरीर तथा दिमागमा चाहिने मात्रामा रक्तसंचार हुन पाउँदैन । जसले स्मरणशक्तिलाई समेत प्रभावित पार्छ ।
कफिको अधिकतम प्रयोग-
धेरै कफिले पनि दिमागकको रक्त प्रवाह कम गर्छ जसले शरीर र दिमागलाई सुख्खा बनाउँछ । यसकारण राम्रो निद्रा लाग्दैन । राम्रो निद्रा नपर्दा पनि स्मरण शक्तिमा ह्रास आउँछ ।
हामीले आफ्नो खानपानमा बिषेश ध्यान दिनु पर्छ । जसको सहयोगबाट हिमीले बिर्सने बानि कमि गर्न सक्छौ । मानिसलाई आवश्यक पोषक तत्व प्राप्त नहुँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ ।
यहाँ केहि यस्ता खानपिनका नाम दिएका छौ । जस्ले तपाइको स्मरण शक्ति बढाउछ
१.नरिवलको तेल
नरिवलको तेलले हाम्रो दिमागको कोशिकालाई इन्धन दिन्छ । जसले हाम्रो स्मरणशक्ति बढ्छ । तपाई चाहनुहुन्छ भने नरिवलको तेललाई खानामा प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाई यसो गर्न सक्नुहुँदैन भने नियमित रूपमा नरिवलको तेलले आफ्नो टाउको मालिश गर्नुहोस् ।
२.बदाम
बदाममा एन्टीअक्सीडेन्ट र ओमेगा एसिड पाइन्छ । जसले हाम्रो स्मरणशक्ति बढाउँछ । राती ४/५ वटा बदाम भिजाउनुहोस् र बिहान यसको छिल्का निकालेर दुधको साथमा खानुहोस् ।
३.ओखर
ओखर दिमागको लागि निकै राम्रो मानिन्छ । यसले दिमागमा हुने कमजोरीलाई पहिचान गरी यस समस्यालाई समाधान गर्छ । दिनहुँ बिहान नियमित रूपले २० ग्राम अखरोटको सेवन गर्नुहोस् ।
४.फर्सीको बियाँ
फर्सीको बियाँमा भरिपूर्ण मात्रामा जस्ता पाइन्छ । यसकारण यो दिमागको लागि राम्रो मानिन्छ । फर्सीको बियाँको सेवनले राम्रो निन्द्रा पनि लाग्छ ।
५.ब्लुबेरीः
एन्टिअक्सिडियन्टयुक्त ब्लुबेरीले पनि स्मरणशक्तिमा अस्थायी रुपमा सुधार ल्याउन सहयोग पुयाउछ ।
६.गाजरः
क्यारोटिन तत्व युक्त गाजरले पनि स्मरण शक्तिलाई सशक्त बनाउँछ । दिनहु एक गिलास गाजर र एप्रिकेटको जुस पिउँदा स्मरण क्षमता तेज हुन्छ ।
७.अन्डाः
अन्डाले पनि स्मरण क्षमता वृद्धि गर्छ । अन्डामा हुने लेसिथिनले नशाको कोषलाई बलियो बनाउँछ ।
८.भिन्डीः
त्यस्तै दैनिक तरकारीको रुपमा प्रयोग हुने भिन्डीले पनि दिमागलाई तेज बनाउँछ ।
९.पिस्ताको नट:
थायमिन वा भिटामिन बी ए को कमीले पनि स्मरण शक्ति घट्छ । पिस्तामा थायमिनको मात्रा अत्यधिक हुन्छ । आधा कप पिस्ता नटमा ० दशमलब ५४ एमजी थायमिन हुन्छ । पचास वर्ष वा सो भन्दा मुनिका पुरुषमा १ दशमल पाँच एमजी र महिलामा १ दशमलब १ एमजी हुनुपर्छ ।
१०.गहुको जमराः
स्मरण शक्ति वा उमेरसँग सम्बन्धित समस्याका लागि गँहुको जमरा उपर्युक्त चिज हो । यसमा भिटामिन ईको मात्रा बढी हुन्छ ।
तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।