बेलबारीमा पिकअप दुर्घटना, १३ जना घाइते

Letang Khabar आइतबार, बैशाख ०२, २०७५

मोरङ, २ बैशाख । मोरङको बेलबारी नगेरपालिका ३ मा आइतबार पिकअप दुर्घटना भएको छ।
दुर्घटनामा परी १३ जना यात्री घाइते भएका छन।

घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको सामुदायिक अस्पताल वेलबारीमा उपचार भई रहेको छ।

घाइतेहुनेमा मोरङ बिराटनगर महानगरपालिका ५ बस्ने ४८ वर्षकी यशोधा निरौला, उनकी छोरा वर्ष १२ का रविन निरौला, मोरङ बेलबारी नगरपालिका ४ बस्ने ४५ वर्षकी धन रानी राई, सोही ठाउँकी २१ वर्षीया कमला लिम्बु, बेलबारी ७ बस्ने २७ वर्षका गणेश लिम्बु, सोही ठाउँकी २८ वर्षीया गंगा श्रेष्ठ, पथरी-शनिश्चरे नगरपालिका १४ बस्ने ३२ वर्षीया मैया झा, उनकी छोरी वर्ष ३ की अशिवन झा, बेलबारी ५ बस्ने ८५ वर्षीय लोकबहादुर ओली, मोतीपुर ४ बस्ने वर्ष २२ की निलम माझी, बलेबारी ५ बस्ने ५० वर्षीय पुष्टकला लिम्बु, सोही ठाउँकी ३८ वर्षीया विष्णु लिम्बु र सुन्दर-हरैचा नगरपालिका ४ बस्ने २५ वर्षीया अनिता विश्वकर्मा रहेका छन।

दिउँसो करिब २:३० बजेतिर बेलबारी ३ स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ च ५९४३ नम्बरको पिकअप अचानका अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले वताएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ