लेटाङ–कानेपोखरी सडक मर्मत हुँदै

Letang Khabar आइतबार, आश्विन १४, २०७५

प्रशान्त निरौला, लेटाङ १४ अशोज । लेटाङ कानेपोखरी सडक मर्मत कार्य पूनः सुरु भएको छ । सडकमा परेका खाल्डाखुल्डीका कारण सवारी यातायातमा समस्या भईरहेको वेला सडकवोर्डको सहयोगमा मर्मतको कार्य भईरहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । असार अघिनै मर्मतको कार्य थालिएको भएपनि वर्षाका कारण केही समयका लागि रोकिएको थियो । लेटाङ देखि कानेपोखरीको सडकका विचमा सडक भत्किएर सवारी आवतजावतमा कठिनाइ सृजना भएपछि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सडक वोर्डमा २५ सय स्क्वायर मिटर सडक मर्मतका लागि माग गर्नुभएको थियो । सडकवोर्डले समेत सडकको अध्ययन गरिसकेपछि गत आर्थिक वषको अन्तिम समयमा सडक मर्मतका लागि वजेट विनियोजन गरेको थियो ।
सडक मर्मतको कार्य सम्पन्न भएपछि पहिलेको कष्टकर यात्रा सहज हुनेछ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ