मेयर शंकर राई द्धारा क्यान्सर पडित मनिषालाई १ लाख ४५ हजार हस्तान्तरण

Letang Khabar सोमबार, आश्विन ०१, २०७५

लेटाङ १ असोज । वोन क्यान्सर पिडित लेटाङ नगरपालिका ९ कि मनिषा लिम्बुलाई लेटाङ नगरप्रमुख शंकर राईले एकलाख पैतालिस हजार रुपैया हस्तान्तरण गर्नुभएको छ । कोरियामा रहेका नेपालीहरुवाट उठेको उक्त रकम क्यान्सरपिडित मनिषाको घरैमा पूगेर मेयर राईले मनिषाको परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
भोजपूरको होम्ताङमा जन्मेर हाल धरानमा वसोवास गर्दै आएका तथा रोजगारीको सिलसिलामा कोरियामा कार्यरत सुनिल वान्तवा राईको संयोजकत्वमा संकलन भएको उक्त रकम वान्तवाको परिवार सहित मेयर राईले हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरणको क्रममा नगरप्रमुख राईले मनिषाको स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभयो । मनिषालाई नयाँ जीवन दिनका लागि सहयोग गर्ने सवै सहयोगीदातालाई नगरपालिकाको तर्फवाट धन्यवाद समेत दिनुभयो । रकम हस्तान्तरणका क्रममा लेटाङ नगरपािलका ३ का अध्यक्ष देवराज चाम्लिङ , लेटाङ नगरपालिकाका प्रेसु संयोजक प्रशान्त निरौला , एलएम च्यानलका रविन श्रेष्ठ, सहयोग रकम संकलन गरेर पठाउने सुनिल राईकी श्रीमती सगुन चेम्जोङ(राई) , समाजसेवी कालुराम लिम्बु , मिनाकुमारी लिम्बु लगायतको उपस्थिती रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ