प्रशान्त निरौला
लेटाङ २८ भदौ । महिलाहरुको महान चाड हरितालिका तिजको अवशरमा लेटाङ ८ का महिलाहरुले विशेष सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छन् । लेटाङ ८ को वडा कार्यलय अगाडी वडा स्तरिय महिला समितीद्धारा आयोजना गरिएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यता रहेको थियो । वडाभरीका महिलाहरुको उपस्थितमा भएको कार्यक्रममा स्थानिय महिलाहरुले विभिन्न सास्कृतक नृत्य तथा गीत गाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथीको मन्तव्य राख्दै नगरप्रमुख राईले तिजलाई भड्किलो रुपमा नभई सवैले अपनत्व गर्नेगरी सवै महिलाहरुलाई समेटीने गरी चाड मनाउन जोड दिनुभयो । तिजको ऐतिहासिक महत्व ठुलो रहकोले दिदीवहिनीहरुले महत्वका साथ यो पर्व मनाउने गरिएको वताउदै यस पर्वलाई महिलाहरुले विषेश तरिकाले मनाईरहेको वताउनुभयो । पानी सम्म नपिई महिलाहरुले आफ्नो पतिका लागि व्रत वस्ने महिलादिदीवहिनीहरुका लागि स्वास्थ्यको ख्याल गरेर मात्र व्रत वस्न मेयर राईले आग्रह गर्नुभयो । पत्नीहरुले पतिको सवै खुसीलका लागि व्रत वसिरदा पतिहरुले पनि सोही अनुरुपको काम गर्न आग्रह गरे ।
कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख राईलाई स्थानिय महिलाहरुले विकासप्रेमी भएको भन्दै सम्मान समेत गरेका थिए । गरिवका फुसका छानो हटाउने अभियान चलाएको , नागरिताविहिन लेटाङ वासिहरुलाई नागरिकता दिएको , विकास निर्माणका काम तिव्ररुपमा गरिरहेको भन्दै नगरप्रमुख राईलाइर्ए सम्मान गरिएको आयोजक संस्थाकी गीता लामिछानेले लेटाङखबरलाई वताई । कार्यक्रममा ८० वर्षका वृद्धवृद्धाहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा लेटाङ नगरउपप्रमुख कृष्णकुमारी निरौला , लेटाङ ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेल लगायतले तिजको शुभकामना दिएका थिए ।