प्रशान्त निरौला
लेटाङ २८ भदौ । २०१८ को कार्यकालमा धेरै कार्यक्रम दिएको लेटाङ जेसिजले तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । वढ्दै गएको महिला हिंसालाई न्युनिकरण गर्न आग्रह गर्दै लेटाङ जेसिजले सो कार्यक्रम गरेको हो । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख राईले तिजमा विभिन्न विकृतिहरु समेत भित्रदै गएको र तिजको मौका छोपेर अपराधिक क्रियाकलाहरु समेत वढेकाले सवैले सावधानी अपनाउन आग्रह गर्नुभयो । नेपालमा वलत्कार तथा हिंसाका घट्नाहरु वढिरहकाले सवै महिला दिदीवहिनीहरुे सचेत हु्न आग्रह गर्नुभयो । अपराधिक मानसिकताका मानिसहरु खुलमखुल्ला रुपमा हिडिरहेको जस्तो अनुभति जनताले महसुस गरेकाले केन्द्रीय सरकार र संयन्त्रको ध्यानाकर्षण गर्नु भयो ।
कार्यक्रममा लेटाङ नगरउपप्रमुख कृष्णकुमारी निरौला , लेटाङ ४ का अध्यक्ष देवराज चालिङ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सम्पन्न गर्दै लेटाङ जेसिजका अध्यक्ष मनिष सूर्य मगरले रचनात्मक कार्यक्रमहरुलाई लेटाङ जेसीजले आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।