प्रशान्त निरौला
लेटाङ २८ भदौ । लेटाङ नगरपालिका ९ का महिलाहरुले दुर्गा मन्दीर लेटाङ ९ जाँतेमा भव्य तिज विषेश सांस्कृतिक कार्यक्रम गरेका छन् ।
लेटाङ नगरप्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तिजका भाकाहरुमा महिलाहरुले नृत्य तथा गीत गाएका थिए । नगरप्रमुख शंकर राईले प्रमुख अतिथीको मन्तव्य राख्दै तिजमा आफ्नो क्षमता अनुसार पर्व मनाउन आग्रह गरे । तिजलाई भड्कीलो वनाउन नहुने भन्दै आनन्द मनले सिस्नु खाए पनि रमाईलो हुने र विचलित मनले ८४ व्यन्जन खाए पनि मनमा शान्ति नमिल्ने वताउनुभयो । तिजको अवशरमा सवैलाई उहाँले शुभकामना समेत व्यक्त गर्नुभयो ।
फुलमाया राई (जुनु)को अध्यक्षता सम्पन्न भएको कार्यक्रम सञ्जु खड्काले सञ्चालन गर्नुभएको थियो ।