खाजावापतको पैसा क्यानरको उपचारमा सहयोग

Letang Khabar बुधबार, साउन ३०, २०७५

लेटाङ ३० साउन । लेटाङ ५ मा रहेको शिक्षा विकास माविका विद्यार्थीले वोन क्यान्सरको उपचार गराईरहेकी लेटाङ ९ वाह्रगोठेकी मनिषा लिम्बुको उपचारमा २ हजार ३ सय रुपैया सहयोग गरेका छन् । आज मनिषा वचाउ अभियानमा सहयोग संकलन गरिरहेकी लेटाङ लाईन्स क्लवकी अध्यक्ष शान्ति पाख्रीनको घरमा पूगि उक्त रकम विद्यार्थीहरुले मनिषाको उपचारका लागि दिएका छन् । टिफिनको खाजा खर्च वापतको पैसा जोगाएर उपचारमा सहयोग गरेको अभियानकी पाख्रिनले जानकारी दिईन । मनिषाको उपचार हाल भरतपूर क्यान्सर अस्पतामा भईरहेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ