खतरनाक बन्न सक्ने यौन रोग एमजी स् लक्षण र जोगिने उपाय

Letang Khabar मंगलबार, साउन २२, २०७५

माइकोप्लाज्मा जेनिटालियम अर्थात एमजी, ब्याक्टेरियाको एक प्रकार–जसका कारण यौनजन्य संक्रमक रोग लाग्न सक्छ । एमजी पछिल्लो समय विश्वव्यापी स्वास्थ्य खतरा बन्ने क्रममा रहेको स्वास्थ्य विशेषज्ञले बताएका छन् ।

एमजी ब्याक्टेरिया रहेको व्यक्तिसँग यौन सम्बन्ध कायम गर्दा मात्रै होइन यौनजन्य छुवाई तथा घर्षणबाट पनि संक्रमण फैलिन सक्ने स्वास्थ्य विशेषज्ञले बताएका छन् ।

यो ब्याक्टेरियाका बारेमा वैज्ञानिकले सन् १९८० को दशकमा थाहा पाएका हुन् । तर पछिल्लो समय भएको अनुसन्धानबाट १०० मा एक वयश्कमा यो ब्याक्टेरिया रहेको देखिएको छ । अहिले नै यसको रोकथामका लागि थ्यान नदिइएमा एमजी ‘सुपरबग’ अर्थात चाँडै फैलिने संक्रामक ब्याक्टेरिया साबित हुने खतरा छ ।

सामान्य रुपमा एमजीको सुरुवाति लक्षण हुँदैनन् । तर यसका कारण महिला तथा पुरुषको यौन अंगमा संक्रमण हुन सक्छ । यसले महिलामा बाँझोपन पनि ल्याउन सक्छ । तर पुरुषका कारण हुने बाँझोपनमा एमजीको सम्बन्ध कस्तो छ भन्ने बारे वैज्ञानिक स्पष्ट हुन सकेका छैनन् ।

सुरुवाति लक्षण सजिलै थाहा नहुने भएकाले यसको उपचारमा पनि मुश्किल हुने गरेको छ । उपचार सही तरिकाले नभएमा एन्टिबायोटिकले पनि काम नगर्ने खतरा हुने स्वास्थ्य विज्ञले बताएका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ