प्रशान्त निरौला
लेटाङ १८ साउन । मनिषा लिम्बु वचाउ अभियानमा सहयोगका लागि जनसेवा युवा क्लव लेटाङ ४ ले पनि अभियान सूरु गरेको छ । लेटाङ नगरपालिका ९ निवासी मनिषा लिम्बु हड्डिको क्यान्सर भएपछि आर्थीक अभावका कारण उपचार गर्न कठिनाई भईरहेको वेला लेटाङ लाईन्स क्लवले विभिन्न क्याम्पेन गरेर रकम संकलन गरिरहेको वेला जनसेवा युवा क्लवले पनि पिडीत लिम्बुको उपचारमा सहयोग पूर्याउने उदेश्यले क्याम्पेन सूरु गरेको हो ।
उपचारमा सहयोग गर्न ईच्छुकहरुवाट रकम संकलन गरि क्लवले लिम्बुको परिवारलाई हस्तान्तरण गर्ने छ । पहिलो दिनको क्याम्पेन वाट १५ हजार रकम संकलन भएको र दोस्रो दिन पनि निरन्तर सहयोग गर्नेहरु थपिरहेको सो क्लवका अध्यक्ष दुर्गाप्रसाद गौतमले जानकारी दिए ।
गौतमका अनुसार विभिन्न संस्थाहरुले लिम्बुको उपचारमा सहयोग गर्न कार्यक्रम राखिरहेको र आफुलाई पनि सो कार्यमा सहयोग गरेको वताए ।
क्लवका सदस्यहरु रकम संकलनका लागि घरघरमा पूगेर सहयोग मागिरहेका छन भने देश विदेश सम्म सहयोगका लागि क्लवले सवैलाई अपिल समेत गरेको छ ।
लिम्बुको भरतपूर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।