प्रशान्त निरौला
लेटाङ १६ असार । एकिकृत सहरी विकास योजना सम्वन्धी कार्यशाला गोष्ठी लेटाङ नगरपालिकामा आज सम्पन्न भएको छ । एकिकृत सहरी विकास योजना तयार गर्ने सम्बन्धमा गोष्ठि आयोजना गरिएको थियो । जिओईएस ग्रीड राजदेवी जे.भी. र स्थानिय साझेदार सरोकारवालाहरुको उपस्थितीमा गोष्ठि सञ्चालन गरि विभिन्न विषयगत समितिलाई पूर्णता दिईएको छ भने उपस्थित जनप्रतिनिधीहरुका विच भिन्न भिन्न विषयमा छलफल गरिएको थियो ।
नेपाल सरकार शहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग ववरमहल काठमान्डौको आयोजनामा भएको कार्यक्रममा नगरपालिका भरीका आवश्यक योजनाहरुलाई एकिकृत गरि कार्ययोजना वनाएर अघि वढ्ने छ ।१५ वर्ष भित्रमा लेटाङ नगरपालिकालाई नयाँ तथा आधुनिक सहर निर्माणमा परियोजनाले सघाउने छ । पहिलो चरणमा ३० करोड माथिका २ वटा योजनाहरुको डिपीआर गरि कार्यप्रारम्भ गरिने छ । अन्य योजनाहरुको पनि विज्ञ समुहले खोेजी गर्ने छ भने नगरको समग्र विकासमा यस परियोजनाले सहयोग पुर्याउने छ ।
भौतिक , आर्थिक , समाजिक , कृर्षी , पर्यटन लगायत विकासका सवै विषयमा विज्ञहरुले अध्ययन गर्ने र उनिहरुको योजना मुताविक कार्ययोजना वनाईने छ ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको अध्यक्षतामा वसेको छलफलमा सरोकारवालाहरुले नगरपालिकाको विकासमा हातेमालो गर्ने प्रतिवद्धता गरेका थिए ।
यसै विच नगरप्रमुख शंकर राईको संयोजकत्वमा परियोजना समन्वय समिती समेत वनेको छ । सो समितीका सदस्यहरुमा क्रमशः उप्रमुख कृष्णकुमारी निरौला , वडा अध्यक्ष सन्तोष कार्की , तेजप्रसाद तिम्सिना , भिमप्रसाद पोख्रेल , जंगवीर तामाङ र सदस्यसचिवमा लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरीप्रसाद चपाँगाई रहेका छन् ।