लेटाङ २८ असार । किराँत राई आयोख्या नगरकार्यसमितीको आयोजनामा विहिवार लेटाङ ४ मा रहेको खुल्ला क्षेत्रमा वृक्षरोपण गरेको छ । वनविनासका कारण जलवायु परिवर्तन समस्यालाई केही मात्रमा भएपनि टेवा पुगोस भन्ने उदेश्यले वृक्षरोपण गरिएको हो ।
लेटाङ नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शंकर राईले विरुवा रोपेर वृक्षारोपणको प्रारम्भ गरेका हुन् । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मेयर राईले वनक्षेत्रको संरक्षण गर्ने दायित्व नागरिक तहवाटै गर्नुपर्ने वताए । उनले नेपाल वनक्षेत्रवाट विश्वभर चिनिएको र वनक्षेत्रको विकासले प्राणी जगतकै रक्षा हुने भएकाले सवैले वन क्षेत्रको रक्षा ,संरक्षण र विकासमा लाग्नुपर्ने वताए ।
कार्यक्रममा सामुदायिक वन महासंघ मोरङका अध्यक्ष अग्नि पौडेल , ईलाका वन कार्यलय लेटाङका प्रमुख सत्यनारायण झा , लेटाङका पूर्व प्रधानपञ्च निरविक्रम किराँती ,सामाजिक अभियन्ता सुभद्रा भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम किराँत राई आयोक्खा लेटाङका अध्यक्ष मिनकुमार राईको सभापतित्वमा सम्पन्न भएको थियो ।